चितवनः जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोली आज सडकमा माक्स खोज्दै हुनुहुन्थ्यो । करिब बिहानको करिब १०ः३० वजेको थियो । केही सरकारी कर्मचारी र प्रहरी कर्मचारीहरु भरतपुर महानगरपालिका वडा नम्बर १० चौबिसकोठीमा लामबद्ध वनेर वसेका थिए ।
जहाँ चितवनमा प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारी सहितको टोलि लामबद्ध भएर बसिरहेको थियो । प्रहरीको बाक्लो उपस्थिति र उच्च अधिकारीहरुलाई सडकमा देखेर सो सडक प्रयोग गरेर यात्रा गर्ने यात्रु देखि सवारी चालकहरु समेत अचम्म पर्दै हेर्दै थिए ।
यसै क्रममा क्यान्सर अस्पतालबाट यात्रु लिएर आएको ना १ ह ७४४४ नम्बरको अटो रिक्सा सडक छेउमा रोकिन्छ । सो रिक्साका चालक श्याम लामा (नाम थर परिवर्तीत)ले माक्स लगाएका हुँदैनन् । उनलाई प्रमुख जिल्ला अधिकारी तामाङ् र प्रहरी उपरिक्षक अधिकारीले मास्कको लगाउँदा हुने फाईदाको बारेमा सम्झाउँदै एक थान माक्स दिदै हुनुहुन्थ्यो । सम्झाउने क्रममा माक्स नलगाई यात्रा गर्ने र सवारी चलाउने दुबैलाई कान समाएर माफि माग्न लगाईएको थियो । प्रहरीले रोकी सके पछि ती चालक अब के गर्ने भन्नेमा थिए । मास्क मात्रै दिए पछि उनी यात्रु लिएर गन्तव्य तर्फ लागे । अब माक्स नियमित प्रयोग गर्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय चितवन र स्वास्थ्य कार्यालय चितवनको सक्रियतामा आयोजना गरिएको तपाईको माक्स खै ? अभियानका क्रममा कोरोना भाइरसका कारण हुन सक्ने समस्या र मास्कबाट हुने फाइदाको बारेमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले जानकारी गराउनु भएको थियो । उहाँले माक्सको प्रयोगले कोरोना भाइरसबाट मात्रै नभई प्रदुशित हावा, धुवाँ,धुलोबाट मानब शरिरलाई पर्ने असरका बारे यात्रुहरुलाई सम्झाउँदै हुनुहुन्थ्यो ।
प्रमुख जिल्ला अधिकारी तामाङ्ले सचेतना जगाउने क्रम जारी रहे पनि स्थानिय तहमा यसको महत्व नबुझ्दा माक्स नलगाउने बढेको बताउनुभयो । कोरोना संगै बच्न मात्रै नभई मानब स्वास्थ्यका लागि समेत माक्सको प्रयोग फलदायी भएकाले सबैले यात्रा गर्दा माक्सको प्रयोग गर्नु जरुरी रहेको उहाँको भनाई थियो ।
आज एक हजार माक्स बितरण गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो । बिभिन्न समयमा गरि अहिले सम्म हजारौ माक्स बितरण गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !