चितवनः कारागार कार्यालय चितवनबाट एक वर्षमा ११६ जना कैदीलई स्थानन्तरण गरिएको छ । स्थान अभावका कारण ती कैदीलाई बिभिन्न कारागार स्थानान्तरण गरिएको हो ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार कारागारको क्षमता भन्दा बढी कैदी वन्दी भएपछि कैद तोकीएकाहरुलाई स्थानान्तरण गरिएको हो । सोही समयमा अन्य कारागारबाट २६ जना कैदी यहाँ स्थानाान्तरण भएर आएका छन् । जिल्लाबाट स्थानान्तरण गरिएका कैदीहरु ९ वटा कारागारमा पठाईएके हो ।

कारागार कार्यालय भिमफेदी कारागारमा ५३ जना, केन्द्रीय कारागार नुवाकोटमा २६ जना, जगनाथ देवल कारागारमा ६ जना स्थानान्तरण गरिएको छ । यस्तै कपिलवस्तु कारागारमा १७ जना, कास्की कारागारमा ७ जना, स्याङ्जा कारागारमा ४ जना, नख्खु कारागार ललितपुर र नेपालगञ्ज कारागार बाँकेमा १÷१ जना स्थानान्तरण गरिएको हो । यहाँबाट स्थानान्तरण गरिएका कैदी जेन जी आन्दोलन बाहेकका हुन् ।

ढुङ्गानाका अनुसार यहाँ स्थानान्तरण भएर आएका कैदीहरु उपचारका लागि धेरै आएका छन् । केही कैदीहरु कारागारको शान्ति सुरक्षाका कारण यहाँ स्थानान्तरण गरिएको हो । अहिले कारागार कार्यालय चितवनमा ७१७ जना कैदी वन्दी रहेका छन् । जहाँ ४० जना महिला, ६७७ जना पुरुष र एक नावालीका रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस !