चितवनः आज बिहान आएको पहिरोलेअवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुख्खा पहिरो खसेर सडक अवरुद्ध सडक सञ्चालनमाम आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक अनिल थापाका अनुसार पहिरो पन्छाएसंगै दिउँसो १ः१५ बजेबाट दुई तर्फी सवारी सञ्चालन गरिएको छ । यस अघि ११ः १५ वजे एक तर्फी सडक खुलाएर एम्बुलेन्स र मोटरसाईकलहरु पार गराईएको थियो । पहिरो पन्छाउनका लागि नारायणगढ तर्फबाट एउटा लोडर, एक्साभेटर र व्याक हु प्रयोग गरिएको थियो भने मुग्लिन तर्फ एउटा लोडर प्रयोग गरिएको थियो । यो ठाउँमा पहिलो पटक पहिरो खसेको हो । ४० मिटर माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो खसेको थियो ।
पहिरो पन्छाए संगै सडकमा रोकिएका सवारी साधनहरु गन्तव्य तर्फ लागेका छन् । यो सडक काठमाडौंको लाईफ लाईनका रुपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बवढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।






