चितवनः प्रहरीले नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ बस्ने खैरहनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएकी २५ वर्षिया पविता घताने र राप्ती ७ को २७ वर्षिय गगनलाल तामाङ रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । घतानीबाट १० थान हजार रुपैयाँका नक्कली नोट सहित पक्राउ गरिएको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक÷एक थान मोबाईल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनल् जनाएको छ । निजहरुको साथ बाट गगन वहादुर तामाङ् नाको शैर्य दैनिकको प्रेस काड समेत फेला परेको छ । पत्रिकाले भने नीज आफ्नो कार्मचारी नभएको जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले एक–एक थाल ल्यवटप र मोवाईल समेत वरामत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !