काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्। उनले २०० मत पाएका छन्।
दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। प्रदीप पौडेलले ११० मत पाएका छन् भने विश्वप्रकाश शर्मा १०४ मत पाएका छन्। अर्का उम्मेदवार प्रकाशशरण महतले ९१ मत ल्याएका छन्। मीनेन्द्र रिजालले ५५ मत पाएका छन्।






