चितवन,२३मङ्सिर । इन्नर्व्हील क्लब अफ नारायणीले चित्रसेन स्कुलमा शुद्ध खानेपानी उपकरण युरोगार्ड सहयोग गरेको छ ।
क्लबले एक कार्यक्रम आयोजना गरी विधालयका विधार्थी र शिक्षकले शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो । क्लबका अध्यक्ष पुष्पा पौडेल र डिस्ट्रिक ३५० का उपाध्यक्ष मन सेनको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो ।आफ्नो नाति बाबुको पाचौं जन्म दिनको अवसरमा क्लबकि अध्यक्ष पुष्पा पौडेलले कार्यक्रमको व्यवस्थापन गरेकी हुन् ।
कार्यक्रममा बिशिस्ट अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद घले, विद्यालय व्यवस्थापन सदस्य तथा प्रतिनिधि नरिमाया तामाङ, विद्यालय प्रद्यानाध्यापक प्रेम राज गौली, चित्रसेन टोल विकास सस्थाको सदस्य हरिस्चन्द्र सुवेदी, रोटरी क्लबका पुर्व अध्यक्ष हरिप्रसाद सुबेदी र इन्नर्व्हील क्लबका पुर्व सचिब गिता सुबेदीको उपस्थिति रहेको थियो ।






