चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत अहिले संघिय निर्वाचन क्षेत्रको क्षेत्रत्रीय अधिबेशन सम्पन्न भई सकेको छ । अधिकांश जिल्लाहरुमा अधिबेशन सम्पन्न भई रहाँ जिल्ला जिल्लाबाट महाधिबेशन प्रतिनिधिहरु छनोटको काम सम्पन्न भई सकेको छ । यसै क्रममा चितवनमा पनि क्षेत्रीय अधिबेशनहरु सम्पन्न भई सकेका छन् ।
प्रदेश र संघिय क्षेत्रीय अधिबेशनहरु सम्पन्न भईसके पछि अहिले जिल्लाको नेतृत्वका लागि रस्साकस्सि चलिरहेको छ । यसै क्रममा जिल्लामा जिल्ला सभापति र सचिबका लागि आकाक्षि मढि रहेका छन् । कार्यकारी पद रहेकाले पनि यी दुई पदमा आकंक्षा बढ्नु स्वभाविक हो ।
काँग्रेसको जिल्ला अधिबेशनका लागि समेत मिति तय भईसकेको छ । गाउँदेखि केन्द्रस्तरसम्म उमेदवारहरु चुनाव प्रचारप्रसारमा जोडतोडले लागिपरेका छन् । उमेदवारहरु बाजी मार्ने होडमा प्रचारप्रसार व्यापक बनाईरहेका छन् । उमेदवारहरुले सामाजिक सञ्जालदेखि लिएर विभिन्न मिडियामा प्रचारबाजीसमेत गरिरहेका छ । यसै क्रममा नेपाली काँग्रेस चितवनका युवा नेता एबं सामाजिक व्यक्तित्व दिपक अधिकारीले आँफुलाई १४ औं महाधिबेशनमा काँग्रेस चितवनको सचिब पदको उम्मेदवारीमा दावि प्रस्तुत गर्ने योजनामा रहनु भएको छ । यस्तै उहाँले आफ्नो वडाबाट सचिबको उम्मेदवारी समेत घोषणा गर्नु भएको छ ।
हजुरबुबा गिरधारी अधिकारी र बुबा पूर्णप्रसाद अधिकारी पनि कांग्रेसकै पृष्ठभूमि भएका अधिकारी पनि यसैमा समर्पित हुनु भयो । उहाँ विगत १५ वर्षदेखि राजनीतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ । हजुरबुबा र बुबा नै प्रेरणाका स्रोत बताउने अधिकारी काँग्रेसका हरेक आन्दोलन देखि हरेक कृयाकलापमा सक्रिय रुपमा आँफ्नो उपस्थिति देखाउँदै आउनु भएको छ । बिभिन्न समयमा भएका आम निर्वाचनमा आँफ’लाई काँग्रेसको सिपाहिका रुपमा प्रस्तुत गर्दै आउनु भएका अधिकारी संबिधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र रामकृष्ण घिमिरेलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु हुन्छ । सो बेला उहाँले युवा विद्यार्थी, तरुण दलको संयोजक भएर काम गर्नु भएको थियो ।
नेपाल बिद्यार्थी संघको राजनितिबाट आउनु भएका अधिकारी नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ४ को क्षेत्रीय सदस्य, नेपाल तरुणदलको जिल्ला सदस्य हुदैं १३ औं महाधिबेशनमा जिल्ला सदस्य भएर आफ्नो जिम्मेवारी निर्वाह गरि सक्नु भएको छ । जिल्ला सदस्य हुँदा यातायात तथा श्रम बिभागको संयोजक भएर काम गरि सक्नु भएका अधिकारी १४ औं महाधिबेशनमा सचिब पदमा आँफुलाई निर्वाचित गराउन आम क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गर्दै आउनु भएको छ । माडी देखि कोरक, काउले, जस्ता बिकट क्षेत्रमा समेत आँफुलाई युवा पुस्ताको साथ रहेको भन्दै उहाँले काँग्रेसलार्य चलायमान वनाउन र सच्चा काँग्रेस बनाउन आँफ्नो उम्मेदवरी रहेको बताउनुभयो ।
अधिकारी विभिन्न संघसंस्था आवद्ध रही कांग्रेसको प्रतिनिधित्व गर्दै सामाजिक काममा समेत उत्तिकै संलङ्न रहनु भएको छ । नेपाली कांग्रेसलाई चुस्तदुरुस्त बनाउने लक्ष्य लिएर अघि बढेका उहाँ पार्टीलाई क्षमतावान बनाउन लाग्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस !