चितवनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको बिषयमा अदालतको समस्या अदालत भित्रैबाट समाधान होस भन्ने चाहेको बताउनुभएको छ । आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनु पर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “अहिले अदालतमा देखिएको समस्या सके सम्म अदालत भित्रबाटै समाधान होस भन्ने हाम्रो चाहना हो । राजनैतिक दलहरुले अदालत माथि कुनै खालको दबाब र हस्तक्षप गरेको कहि कतै नदेखियोस् भन्ने चाहना हो ।” अदालतमा देखिएको समस्या प्रति दलहरु चिन्तित रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “गठवन्धनको तर्फबाट हामीले बनाएको उच्च स्तरीय समन्य समितिको पहिलो औपचारीक वैठकले न्यायलयमा देखा परेको समस्या बारे गम्भिर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अबिच्छिन्न राख्ने गरी छिटो भन्दा छिटो समाधान होस भन्न हाम्रो चाहना रहेको वताई सकेका छौ ।” केही दिन भित्रनै समस्या समाधान हुने आशा रहेको उहाँको भनाई थियो । उहाँले चाँडै समस्या समाधान गर्न हामिले अपिल पनि गरिसकेका बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले एमसिसिको बिषयमा सर्बदलिय वैठकले टुङ्गो लगाउने बताउनुभयो । उहाँले भन्नुभयो “एमसिसि त्यति ठूलो समस्या हो भन्ने लाग्दैन । सर्बदलिय, सर्बपक्षिय छलफलबाट यसको टुङ्गो लाग्छ ।” नेकपा एमालेको महाधिबेशन पछि हुने सर्बदलिय बैठकमा यस बिषयमा छलफल भएर अघि वढ्ने उहाँको भनाई थियो । उउहाँले थप्नुभयो “सुरुवातमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको बिबादमा मात्रै केही समस्या हो ।” पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरबिरोधका कारण समस्या आएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “हामी अमेरीकि अनुदान फिर्ता जाओस भन्ने चाहादैनौ ।” नेपाल र अमेरीका बिचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको बताउँदै उहाँले एमसिसिको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको आज देखि सुरु भएको वडा अधिबेशनले सहमतिमानै नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा, नगर हुँदै हुने अधिबेशन पश्च्यात राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी संग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकार्य भएर अघि वढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “विप्लब जी संग मेरो नियमित जसो सम्पर्क भएको छ । अहिले र्भखर पार्टी एकता भन्ने होईन । सहकार्य गरेर जानु पर्छ भन्ने हो ।” बिस्तारै परिवर्तनका मुद्धामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उहाँको भनाई थियो ।






