चितवनः नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिबेशन सुरु भएको छ । जिल्लाका प्रदेशसभा निर्वाचन क्षेत्र ६ वटा रहेका छन् । ती सबै निर्वाचन क्षेत्रमा आज बिहान ९ वजेबाट मतदान प्रकृया सुरु भएको हो ।
जिल्लाका मुख्य निर्वाचन अधिकृत कमलमोहन पोख्रेलका अनुसार निर्वाचन क्षेत्र नम्बर १(क) का लागि खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेको पुन समाजको भवनमा मतदान प्रकृया सुरु भएको छ । सो निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको उहाँले जानकारी दिनुभयो । कृष्ण वहादुर श्रेष्ठ र गणेश मल्ल ठकुरीको उम्मेदवारी रहेको छ । यस क्षेत्रमा ३ सय ४५ मतदाता रहेका छन् ।
यस्तै १ (ख) को टाँडीमा रहेको होटल स्टर बैंकुईटमा निर्वाचन प्रकृया ससुरु भएको छ । यस क्षेत्रमा तीन जना सभापति पदका दावेदार रहेका छन् । उम्मेदवारहरुमा गोविन्द गौतम, रामहरी न्यौपाने र सुजन थापा रहेका छन् । यहाँ ५ सय ६५ जना मतदाता रहेको उहाँले जानकारी दिनुभयो । यस्तै निर्वाचन क्षेत्र २ (क)मा ४ सय ७७ मतदाता रहेका छन् । जहाँ सभापति पदका लागि तीन जनाको उम्मेदवारी मनोनय भएको छ । सभापतिका लागि जनार्दन दाहाल, राजकुमार गुरुङ र हरि प्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । उद्योग बाणिज्य संघ चितवनमा मतदान प्रकृया सुरु भएको छ ।
यस्तै २ (ख)को निर्वाचन अहिले संगोल पार्टी प्यालेस यज्ञपुरीमा सुरु भएको छ । सो क्षेत्रका लागि करुणाकान्त पोख्रेल, रचन कार्की, र रोशन शाही ठकुरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यस निर्वाचन क्षेत्रमा ४ सय ९२ जना मतदाता रहेको पोख्रेलले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नम्बर ३ (क)को निर्वाचन शहिद स्मारक कलेज शारदा नगरमा सुरु भएको छ । यहाँ ६ सय ५ जना मतदाता रहेका छन् । जहाँ तीन जनाले सभापति पदमा मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि कमलनाथ पौडेल, शालिग्राम पौडल र खेमनारायण सापकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यता ३(ख)को निर्वाचन सत्कार पार्टी प्यालेस पार्वतीपुरमा हुँदै छ । यहाँ ३ सय ५५ जना क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्दै छन् । यस क्षेत्रका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिमा उम्मेदवार मनोनयन गर्नेमा अशोक लामा, ओम प्रसाद पोख्रेल, राम कुवर र सोभाखर चापागाई रहनु भएको छ ।
हरेक प्रदेशसभा निर्वाचन क्षेत्रले एक जना सभापति, दुई जना उपसभापति, २ जना सचिब, २ जना सह–सचिब निर्वाचित गर्ने छ । यस्तै १६ देखि १८ जना प्रदेश अधिबेशन प्रतिनिधि निर्वाचित गर्ने पोख्रेलले जानकारी दिनुभयो । प्रदेश अधिबेशन प्रतिनिधिहरु नै सो क्षेत्रको कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ । प्रदेश प्रतिनिधि सभा निर्वाचन क्षेत्र र संघिय निर्वाचन क्षेत्रको निर्वाचनका लागि बहुमत प्राप्त उम्मेदवार बिजयी हुने छन् । निर्वाचन दिउँसो १ वजे सकिने छ । अहिले सम्म निर्वाचन प्रकृया शान्तिपूर्ण बातावरणमा भई रहेको उहाँले वताउनुभयो । आज साँझ सम्म सबै निर्वाचन क्षेत्रको नतिजा आई सक्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !