चितवन २७नेकपा (माले)का महासचिब सिपि मैनालिले नेपाल नाममात्रको स्वातन्त्र भएको बताउनुभएको छ । मालेको आठौं महाधिबेशनको आज यहाँ उद्घाटन शत्रलाई सम्बोधन गर्दै उहाँले बिदेशीहरु संग गरेको संन्धि सम्झौताका कारण पूर्ण रुपमा स्वतन्त्र वन्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो “नेपाल नाम मात्रको स्वतन्त्र छ । हामीले बिदेशी संग गरेका संन्धि सम्झौताका कारण बाँधिएका छौ । हामी पूर्ण रुपमा स्वतन्त्र हुन सकेका छैनौ ।” अहिले नेपाल अर्ध उपनिवेशमा रहेको उहाँको भनाई थियो । यसलाई तोड्दै अघि वढ्नुपर्ने अहिलेको आबश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “बाह्य शक्तिको बन्धन तोडेर देशलाई स्वतन्त्र वनाउनु छ ।” देशभित्र दलाल पुर्जिबादको बन्धन र बाह्य शक्तिको सिमारेखा तोड्नु अहिलेको आबश्यकता हो उहाँले भन्नुभयो ।
देशमा अहिले बलियाले दादागिरि देखाएको भन्दै उहाँले कम्युनिष्ट भन्नेहरुले कम्युनिष्टको बिचार छाडेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “कम्युनिष्टको नाम पनि नछाड्ने र त्यो बिचारमा पनि नहीड्ने छाडा पन वढ्यो ।” नेकपा एमाले र माओवादी केन्द्र बिच भएको एकता पछि जनता जिस्काउने काम मात्रै भएको उहाँको भनाई छ । उहाँले थप्नुभयो “एमाले र माओवादी केन्द्र बिच एकता भयो । करिब दुई तिहाई मत जनताले दिए । तर दुई वर्षमानै जनताले गिज्याउन थाले ।” अरु हाँस्ने र कम्युनिष्टहरुले शिर निहु¥याउनुपर्ने बाध्यता वनाईएको उहाँको आरोप छ । अहिले नामका कम्युनिष्टहरुले पुष्पलालको समाजबादको यात्रामा पु¥याउन नसक्ने उहाँको दावि थियो ।
कार्यक्रममा नेकपा मालेका स्थायी कमिटि सदस्इ डम्बर श्रेष्ठ, पोलिटव्यूरो सदस्य भगवती घिमिरे, अनेरास्ववियू पाँचौका अध्यक्ष घनश्याम मिश्र लगाएतले बोल्नु भएको थियो । सो अबसरमा अग्रज कम्युनिष्टहरुलाई सम्मान गरिएको थियो ।
नेकपा मालेको आठौ महाधिबेशन आज देखि कात्तिक २९ गते सम्म चल्ने छ । महाधिबेशनले ७५ सदस्यिय केन्द्रिय समिति निर्वाचित गर्ने छ । सोही समितिले पोलिट व्यूरो सदस्य, स्थायी कमिटी र महासचिब निर्वाचित गर्ने छ ।
महाधिबेशनमा नेपालको क्रान्तिको कार्यक्रम(नयाँ जनबाद), राजनैतिक प्रतिबेदन, नेपाल चिन्तन, मालेको संगठनात्मक प्रस्ताब÷प्रतिवेदन माथि छलफल गर्ने छ । यस्तै पार्टीको तत्कालिन कार्यनीति, अर्थनीति, राष्ट्रिय–अन्तराष्ट्रिय प्रस्ताब, पार्टीको बिधान (परिमार्जन सहित) पारित गर्नेछ । यस्तै पार्टीको महाधिबेशनमा हालको राज्य व्यवस्था असफल भएको बिषयमा बृहत छलफल हुने जनाईएको छ । महाधिबेशनमा ३ सय ५० जना प्रतिनिधिहरु सहभागी भएका छन् ।





