चितवनः नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिको हातमा नेतृत्व आउनु पर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० ले आज यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले अहिलेकै ढङ्गबाट पार्टी चल्न नसक्ने वताउनुभयो ।
सबै निष्ठा र इमान्दार कार्यकर्ता एक जुट हुनुपर्ने भन्दै उहाँले भन्नुभयो “सबै इमान्दार साथीहरु एकठाउँमा उभिन आग्रह गर्दछु ।” अब आउँदै गरेका सबै चाडपर्बले हामी सबैलाई एक ठाउँमा उभ्याउँछ भन्ने मलाई विश्वास छ उहाँले थप्नुभयो । पार्टीको तल देखि माथि सम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर काङ्ग्रेसलाई नयाँ स्वरुप दिनुपर्नेमा उहाँको जोड थियो ।
सो अबसरमा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचन संगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्बाचनको प्रभाव नपर्ने गरि प्रतिश्पर्धामा उत्रनु पर्ने बताउनुभयो । वडा सभापति गणेश गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्ब सभापति, पदाधिकारी लगाएत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !