चितवनः कृषकलाई दाना बिक्रि गरेर अण्डा उठाउने उद्धेश्यले स्थापना भएको यहाँको किसान दाना उद्योग प्रा. लि. ले संकलन भएको अण्डा घरदैलो सम्म पु¥याउन थालेको छ । उद्योगले देशका प्रमुख शहरहरुमा घरदैलो सम्मनै अण्डा पु¥याउन थालेको हो ।
उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलका अनुसार देशभर ३० भन्दा वढि बिक्रि केन्द्र मार्फत घरदैलोका किराना पसल सम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । हाल सम्म पाँचवटा बिक्रि केन्द्र मार्फत अण्डा बिक्रि गरिदैं आएको छ । सो उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक आठ सय पेटि अण्डा संकलन हुने गर्दछ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ९ सय ५० पेटि अण्डा संकलन हुने गर्दछ ।
संकलन भएका अण्डा उपभोक्ताका घरदैलोमा पु¥याउने लक्ष्यका साथ काम अघि वढाएको पोख्रेल बताउनुहुन्छ । पोख्रेलले सोझै घरदैलो सम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपार्टी, नख्खु र नक्सालमा बिक्रिकेन्द्र खोलेको छ ।
ती केन्द्र मार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । छिट्टै इटहरी र वर्दिबासमा केन्द्र खोलिदैं छ । उहाँले भन्नुभयो “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्ता सम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमानै सबैभन्दा वढि अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौं संगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरहरुमा अण्डा बिक्रि गर्दै आएको छ ।
उद्योगका निर्देशक द्रोणप्रसाद लामिछानेले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्ता सम्म पु¥याउने उदेश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसल सम्म उद्योगले अण्डा पु¥याउने छ ।
यसैबिच आजमात्र सुुर्खेत जिल्लाको बिरेन्द्रनगर स्थित सनिहल लाइनमा पाँचौ बिक्रि केन्द्र शुभारम्भ गरिएको छ । सो केन्द्रको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावतले उद्घाटन गर्नुभएको हो । सो अबसरमा उहाँले उपभोक्ता लाभान्वित हुने गरी चितवनबाट सुर्खेत सम्म आएकोमा खुशि प्रकट गर्नु भएको लामिछानेले जानकारी दिनुभयो । उद्योगका संस्थापक सञ्चालक राजकुमार गुरुङ्को अध्यक्षतामा भएको सो कार्यक्रममा संघका महासचिब लक्ष्मण कडेंल, कोषाध्यक्ष भद्र भण्डारी, सदस्य भिम प्रसाद पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका कार्यकारी निर्देशक पोख्रेलले बिक्रि केन्द्र स्थापनाको उदेश्यका वारेमा जानकारी गराउनु भएको थियो ।






