काठमाडौं : सोलुखुम्बुको लुबुचेमा  ल्याण्ड गर्ने क्रममा चिप्लिएर हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।

 सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार

हेलिकोप्टरमा अन्य यात्रु नभएको र पाइलटको उद्धार गरिएको छ । सो हेलिकोप्टर काठमाडौंबाट पर्यटक उद्धारका लागि गएको थियो ।

प्रतिक्रिया दिनुहोस !