गोरखा , सिरान्चोक गाउँपालिका–३ हर्मी, घुरे गोरखामा रहेको कास्यप गोत्रीय अधिकारी कुल मन्दिर पुनर्निर्माण गरिएको छ । स्थानीय संरक्षक दिपक अधिकारीको अगुवाइमा २२ घरधुरीको सहभागिता तथा सहयोग संकलनमार्फत मन्दिर निर्माण कार्य अघि बढाइएको हो ।
हालसम्म गतेरीदेखी मन्दिरसम्म पुग्न कच्ची मोटरबाटो निर्माण, मन्दिर परिसर सम्याउने कार्य गरी, रेलिङ जडान तथा ढुंगा छापेर नयाँ पक्की मन्दिर बनाउने काम सम्पन्न भएको छ । साथै ट्रस घर निर्माण भइरहेको छ भने खानेपानी र शौचालयको व्यवस्था समेत गरीने संरक्षक अधिकारीले बताउनुभयो ।
यसअघि आँपको बोटमुनि पूजा गर्दै आएको उक्त स्थानमा अहिले पक्की मन्दिर निर्माण भएपछि स्थानीयमा उत्साह बढेको छ । देश तथा विदेशमा रहेका अधिकारी समुदायको आर्थिक सहयोगबाट मन्दिर निर्माण सम्भव भएको हो ।






