चितवनः आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनमा ६४ दशमबल १२ प्रतिशत मत खसेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा आज बिहान देखि भएको मत दानका क्रममा २ लाख ८३ हजार ४२८ मत खसेको हो । जस मध्ये ६७ दशमलब २५ प्रतिशत महिला र ६० दशमलब ८९ प्रतिशत पुरुष रहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
आज राती १० वजे सम्ममा तीन वटै निर्वाचन क्षेत्रका मत पेटीका गणना स्थलमा आईपुग्ने छ । निर्वाचन आयोगका तर्फबाट गणनाका लागि सम्पूर्ण तयारी भएको भन्दै उहाँले उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि संग छलफल गरेर गणना थाल्ने बताउनुभयो ।
चितवन क्षेत्र नम्बर १ को भूवानी शंकर कलेज खैरहनी, क्षेत्र नम्बर २ को उद्योग संघको प्रदशनी केन्द्र भरतपुर र क्षेत्र नम्बर ३ को कृषि तथा वन बिज्ञान बिश्व बिद्यालय रामपुरमा गणना हुने छ ।
प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका थिए । जसमा २ लाख १७ हजार ३१४ जना पुरुष र २ लाख २४ हजार ७६६ जना महिला एवं २ जना तेस्रो लिङ्गी थिए ।
जिल्लाका १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गरेका हुन । जिल्लामा आज सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा ६४ जना उम्मेदवार रहेका छन् । मतदान सकिए संगै मग गणना स्थलमा मत पेटीका ल्याउने क्रम सुरु भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ मा जिल्लामा ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए । सो समयमा ६७ दशमलब १४ मत खसेको थियो ।






