चितवन, १८ साउन।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार चितवनको भरतपुर विमानस्थल आइपुग्नुभएको छ।
सभापति देउवा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङ र पार्टीका वरिष्ठ नेता चन्द्रकान्त बगालेको नवौं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो।






