चितवन : अस्पताल सिटिको रुपमा रहेको चितवनको भरतपुरमा जनतालाई सर्भशुलभ सेवा दिने उदेश्यले संञ्चालनमा ल्याईएको प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल अन्तर्गतको शाखामा वजेट अभाव भएको भन्दै बिभिन्न प्रकारका परिक्षणहरु रोकीएको छ । शाखा कार्यालय भरतपुरमा बजेट अभाव भएका कारण सामान्य परिक्षण देखि देखिका बिभिन्न परिक्षणहरु रोकीएको छ ।
प्रयोगशालाले आफ्नो सूचना वोर्डमानै सूचना प्रकाशन गरेर सेवा रोकिएको जनाएको हो । बन्द गरिएका परिक्षणहरुमा भिटामीन डि , बि १२ , ब्रुसेला, हेप्पटाईटिस बि, मधुमेहको तीन महिने परिक्षण, पिसाब तथा रगत परिक्षण, मृगौला र कोलस्ट्रोल, क्यान्सर मार्कर, रगत जम्ने र प्रोटीन परिक्षण सेवाहरु हाल वन्द गरिएको छ । त्यसै गरी नियमित दिशा, पिसाब जाँच, बृह परिक्षण, सोडीयम, पोटासीयम जाँचहरु अहिले वन्द गरिएको छ ।
प्रयोगशालामा सस्तोमा सेवा लिन आएका सेवाग्राहीहरु निरास हुँदै फर्किएका छन् ।






