चितवनः नेपाली काँग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले सरकारले आफ्ना कामहलाई नियमित गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुरा कानी गर्दै उहाँले सरकारका लागि सहज तवरले काम गर्न अध्यादेश आएको बताउनुभयो ।
उहाँले भन्नुभयो “मुलुकलाई सम्बृद्धीमा अघि वढाउन र अर्थतन्त्रलाई चलायमान वनाउने अध्यादेश सरकारले ल्याएको हो ।” अध्यादेशले सबै क्षेत्रलाई सहजता वनाउनुका साथै स्थिरताको समेत बाटो लिन सहज हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “उद्योगी व्यवसायीहरुको निरासालाई आशामा बदल्नका लागि समेत अध्यादेश आबश्यक छ ।” ऐन कानुनले बाँधिएकाले ती ऐनकानुनलाई खुकुलो वनाउन अध्यादेश ल्याईएको उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले अहिलेको सत्ता समिकरण कसैले चाहादैंमा परिवर्तन नहुने बताउनुभयो । उहाँले भन्नुभयो “काँग्रेस र एमाले बिचमा भएको समझदारी अनुसारनै सरकारले काम गर्ने र अघि वढ्ने छ ।”

प्रतिक्रिया दिनुहोस !