चितवनः कृषि तथा बन बिज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा कृषक मेला २०८१ हुने भएको छ । बि. सं. २०७६ सालमा पहिलोपटक मेला आयोजना गरेको बिश्वबिद्यालयले पाँच वर्ष पछि दोस्रो संस्करण सुरु गर्न लागेको हो ।
मेला आयोजक समारोह समतिका संयोजक एबं विश्वबिद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गते देखि पुस ३ गते सम्म मेलाको आयोजना गर्न लागिएको हो । बिश्वबिद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको मेलामा १३५ स्टल रहने छन् ।
कट्टेलका अनुसार विश्वबिद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रबिधि, नवप्रवर्तन तथा अनुसन्धानका बिषयहरुमा समेत छलफल हुने छ । यहाँ कृषकलाई आबश्यक पर्ने नयाँ प्रबिधिको प्रदर्शनी कृषकले अवलम्बन गरेका प्रबिधि, सिप तथा ज्ञानको बिषयमा समेत छलफल हुने उहाँले बताउनुभयो । कार्यक्रम अबधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका बिषयमा कृषि उद्यमी तथा सरोकारवालाहरुसंग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्धन्द्ध व्यवस्थापन लगाएतका बिषयमा समुहगत छलफल हुने कट्टेलले जानकारी दिनुभयो ।
मेलाबाट १० हजार भन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मेला कृषक, बिद्यार्थी र अनुसन्धान कर्ताहरु बिच छलफल र कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उहाँको बिश्वास छ ।
विश्वबिद्यालयका निमित्त उपकुलपति प्रा.डा. अर्जुन कुमार श्रेष्ठले मेला अबधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तिर्ण उद्यमशीलतामा लागेका बिद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । उहाँले भन्नुभयो “सबै बिद्यार्थी हाम्रा लागि समान हुन । सबैलाई सम्मान गर्ने छौ ।” उद्यममा लागेकाहरु बिच मूल्याङ्कन गरी तीन जनालाई पुरस्कृत समेत गर्ने कार्यक्रम रहेको छ ।
बिगतमा सुरुवात गरीएको मेला कोरोना लगाएतका कारणले स्थगित भएको बताउँदै उहाँले यस कार्यक्रमलाई अब हरेक दुई÷दुई बर्षमा गरिने बताउनुभयो ।