चितवनः नेकपा एमालेका महासचिब शंकर पोख्रेलले मुलुक जोगाउने चिन्तमा एमाले रहेको बताउनु भएको छ । आज यहाँ पत्रकारहरुसंग बोल्दै उहाँले अहिले एमालेले सरकारको बिषयमा नसोचेको बताउँदै देश र जनताको पक्षमा एमाले रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मुलुकलाई कसरी संकटबाट बाहिर निकाल्ने भन्ने पक्षमा प्रतिपक्षी दल रहेको छ ।” संकटबाट मुलुकलाई बाहिर निकाल्नका लागि प्रतिपक्षी दल जनतामाझ जाने सोचमा रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “प्रतिपक्षले मुलुकको हित, बिकास र सम्बृद्धिको पक्षमा जनताको जीवन रक्षाको पक्षमा गम्भीरता पूर्बक अघि वढ्ने समय आएको छ ।” नेपाल राष्ट्रको आफ्नो सम्बृद्धि नै कम्जो्र हुने हिसाबले सरकारले सम्झौता गर्न थाले पछि प्रतिपक्षको चिन्ता हुनु स्वभाविक रहेको उहाँको भनाई थियो ।
सरकारका कामका बिषयमा एमाले जनता माझ जाने तयारीमा रहेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “सबैले महशुस गरेको समयमा जनतामाझ जाने तयारीमा हामी छौ ।”






