
केही समयदेखि नेपालकाे राजनीतिक वृत्त रविमय भएकाे छ । पत्रकारिताकाे जगबाट राजनीतिमा हाेमिएका रवि लामिछाने यतिखेर सञ्चार माध्यममा छ्यप्छ्प्ती छाएका छन्। चितवनकाे निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित रवि लामिछानेलाई चितवनका जनताकाे राम्रै साथ र समर्थन प्रप्त भयाे । स्थानीय निर्वाचनमा पुरान दल प्रतिकाे वितृष्णा छताछुल्ल देखिएपछि राष्टिय स्वतन्त्र पार्टी दर्ता गरि राजनीतिमा हाेमिएका लामीछानेकाे पार्टीले प्रत्यक्ष र समानुपातिक गरि २० स्थानमा जित प्राप्त गर्याे । पुराना दलकाे अकर्मण्यताले वाक्क जनताकाे आशा राष्टिय स्वतन्त्र पार्टीमा देखियाे र एउटा वैकल्पिक शक्तिका रुपमा उदायाे । गठबन्धनकाे टसल र राजनीतिक चलखेलमा बनेकाे नयाँ सत्ता समिकरणमा राष्टिय स्वतन्त्र पार्टीले भागवन्डामा राम्रै स्थान प्रप्त गर्ने देखिएपछि नयाँ बनेकाे नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालनेतृत्वकाे मन्त्रीमण्डलमा उपप्रधान तथा गृहमन्त्री पद प्राप्त गरेका छन् ।
यतिखेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनका कार्यकाे गुणगान र हाइ हाई राम्रै दखिन्छ । सिन्काे नभाच्ने पुराना पार्टीका नेताहरुकाे स्थान प्राप्त गरेका रवि लामिछाने यति मात्रै गरेर सुख पाउने वाला भने छैनन् । उनकाे शक्ति आज देशकाे वैकल्पिक शक्तिका रुपमा स्थापित हुदैछ । पुरानै समिकरणमा मिसिएका लामिछानेले के साच्चिकै जनचाहाना अनुरुप काम गर्न सक्लान त ? याे प्रश्न आज हरेक नेपालीकाे मष्तिष्कमा छ । गृहमन्त्री जस्ताे जिम्मेवार पदमा आसिन लामीछनेले पुराना दलहरुकाे संरक्षणमा हुने अपराधकाे भण्डाफाेर गर्न सक्लान् या पुरानै शैलीलाई निरञ्तरता देलान् याे भने हेर्न बाँकी नै छ । एक साताकाे कार्यलाई हेरेर यसकाे मूल्यङ्कन गरियाे भने सही नतिजा प्राप्त गर्न सकिँदैन । फिल्मी शैलिमा मन्त्रालय छिरेका रवि लामिछाने लाखाैँ जनताकाे आशा र भराेशा बाेकेर गएका छन्। जनताकाे अपेक्षा जादुकाे छडी झै फु गरेर सारा ठीक गरिदिन्छन् भन्ने छ । दशकाैँ देखि जरा गाडेर बसकाे वकृतिलाई उखेलेर फाल्नु चानेचुने कुरा हाेइन । देशमा राजनीति बिकृतिकाे पर्यायवाची बनेकाे छ , भ्रष्टाचार कति हुन्छ भन्ने कुरा चुनावमा हुने खर्चले नै देखाउँछ । नीतिगत भ्रष्टाचार चरम छ , सत्ता र शक्तिकाे दुरुपयाेगलाई सामान्य रुपमा लिइन्छ, अन्तरसम्बन्धित मन्त्रालयकाे कार्यशैली उस्तै हुने सम्भावना छ यस्ताे परिस्थितिमा जनमताकाे विश्वास लिएर जनताकाे तराजुमा चडेका रविकाे अगाडि चुनाैतिकाे पहाड चट्टान बनेर ठडिएकाे छ ।
मान्छै आखिर मान्छे नै हाे उसका कृयाकलाप सधै सकारात्मक मात्र हुन्छन् भन्ने हुदैन , यतिखेरकाे रविप्रतिकाे दृष्टिकोण स्वयमंका लागि पनि मार्गप्रदर्शक नहुन सक्छन् । भनिन्छ अति सर्वत्र बर्जयत् अथवा अति सबैतिर निशेधित हुन्छ । पत्रकारिताकाे जगबाट उठेकाे देशकाे आवश्यकताले जन्माएकाे एउटा पात्रलाई यतिखेर धेरै सिक्नु छ। सामजिक सञ्जालका अतिशय प्रशंशाले भाेलिकाे बाटाे अझ कष्टकर हुन सक्छ । मान्छे प्रशंशाले हाेइन आलाेचनाले खारिन्छ , भगवानकाे दर्जामा दर्ता गरिएका कैयन पात्रहरु आज सुनिदैनन् र चिनिदैनन् । आलाेचककाे सामाजिक सञ्जालमा सत्ताे सराप गर्ने प्रवृतिले मानव जीवनकाे एउटा पाटाे सर्लक्कै छाेपिन्छ । नेतृत्वको समर्थन मात्रै गर्नेले नजानिदाे रुपमा नेतृत्वको अकर्मण्यताकाे बाटाे तय गरिदिन्छ, खवरदारीले कामकाे बाटाे खालिदिन्छ हिजाेलाई सच्चि परिवर्तन गर्ने हाे भने खबरदारी गर्न सिक्नुपर्छ चाहे आफ्नाे हाेस् वा अन्य, रामभन्दा काम हेरेर प्रशंसा वा आलाेचना गर्न सक्नुपर्छ ।