चितवनः भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुरमा स्थापना भएको जायोडिन बायोटेक उद्योगले नेपालमै पहिलो पटक क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरु गरेको छ । उद्योगले नेपाली जडिबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी पहिलो पटक भारत निर्यात गरेको हो ।
उद्योगका अध्यक्ष जीनारायण बहादुर क्षेत्रीका अनुसार विगत तीन वर्ष अघि दुई विगाहा दुई कठ्ठा जमिनमा भवन निर्माण शुरु गरी हाल भवन निर्माण सम्पन्न भएसँगै उपकरण जडान गरेर कच्चा पदार्थ बनाउन शुरु गरिएको हो । नेपाली लगानीकर्ताहरुले बैंकको सहकार्यमा रु. एक अर्ब ३० करोड लगानीमा उद्योग शुरु गरेका हुन् ।
उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भईरहेको छ । उहाँले भन्नुभयो “नेपालमै पहिलो पटक हामीले क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका छौं । र यही पनि औषधि उत्पादन गर्छाै ।”
क्यान्सरको ट्याबलेट, क्याप्सुल र इन्जेक्सन उत्पादन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म नेपालमा सम्पूर्ण क्यान्सरको औषधि आयत हुने बताउँदै उहाँले आयात न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनुभयो । भविष्यमा क्यान्सरका सबैजसो औषधि यही नै उत्पादन गर्ने लक्ष रहेको उहाँको भनाई छ ।
कम्पनीले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ । हाल दुई वटा कच्चा पदार्थ उत्पादन गरिसकेको छ । लौठ सल्लोबाट प्रशोधन गरेको सहायक कच्चा पदार्थ टेन ड्यब थ्री ९ज्ञण् म्ब्द्य क्ष्क्ष्क्ष्० बाट अन्य केमिकल प्रयोग गरी प्याक्लिट्याक्सल ९एबअष्तिबहभ०ि र डोसीट्याक्सल ९म्यअभतबहभ०ि कच्चा पदार्थ उत्पादन गरेको उहाँको भनाई छ ।
हेटौंडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी यहाँ ल्याएर पुनः प्रशोधन गरिएको उहाँको भनाई छ । प्रशोधन गरेपछि कच्चा पदार्थ तयार हुने गर्दछ । त्यही तयारी कच्चा पदार्थ दुई किलो पाँच सय ग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ ९ठ त्चयअ एबअष्तिबहभ०ि मंगलबार भारत निर्यात गरिएको हो ।
आफूहरुले उत्पादन गरेको कच्चा पदार्थ उत्पादन परीक्षण गरी लाइसेन्स समेत प्राप्त गरिसकेको उहाँको भनाई छ । कच्चा पदार्थ भारत पठाउनका लागि भारतीय कम्पनीलाई नमूना पठाईएको र नमूना पास भएसँगै पहिलो पटक भारतमा कच्चा पदार्थ निर्यात गरिएको उहाँको भनाई छ । यो कच्चा पदार्थ रु. ८ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्दछ । कच्चा पदार्थको ब्राण्ड नाम हुँदैन ।
पहिलो चरणमा भारतमा निर्यात गरिने भन्दै उहाँले पाकिस्तान, बंगलादेश लगायतका एसियाली देशहरुमा निर्यात गर्ने आफूहरुको योजना रहेको बताउनुभयो । नेपालका ४० देखि ४५ जिल्लामा यो लौठ सल्लो पाईने बताउँदै उहाँले वार्षिक एक हजार पाँच सय टन लौठ सल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने बताउनुभयो ।
कम्पनीमा नै रहेको अर्काे भवनमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको ट्याबलेट, क्याप्सुल र इन्जेक्सन उत्पादन गर्ने तयारी आफूहरुले गरिरहेको उहाँको भनाई छ । आगामी ६ महिनाभित्रमा यही औषधि समेत उत्पादन शुरु गरिने उहाँले जानकारी दिनुभयो ।
आफूहरुको मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । कच्चा पदार्थ उत्पादन गर्न अत्याधुनिक उपकरण प्रयोग गरिएको छ । मानिसले सिधैं नछोईकन सुरक्षित तवरले कच्चा पदार्थ उत्पादन गरिन्छ ।






