चितवनः चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्बेक्षण सकिएको छ । जेठ १ गते देखि सुरु गरिएको सर्बेक्षण सकिएको हो ।
बाघ गणना सकिए संगै आहारा प्रजातीको सर्बेक्षण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार ९ वटा समुह वनाएर सर्बेक्षण गरिएको थियो । २० दिन सम्म दुईवटा हात्तीमा तीन जनाका दरले आहारा प्रजातिको सर्बेक्षण गरिएको थियो ।
नवलपरासीको त्रिवेणी देखि रौतहट सम्म बाघ गणना भएका क्षेत्रमा ४०० वटा ट्रान्जीट वनाएर आहरा प्रजातिको सर्बेक्षण गरिएको थियो । निकुञ्जको चुरे क्षेत्र र घाँसेमैदान क्षेत्रमा ३ देखि ५ किलोमिटर दुरीलाई एउटा ट्रान्जिट वनाएर सर्बेक्षण गरिएको बताउँदै उहाँले फिल्डको काम सकिएको जानकारी दिनुभयो ।
हात्तीमा चढेर हिड्दा देखिएका जनावारको गणना गरि सर्वेक्षण गरिएको हो । बाघको आहारा प्रजातीमा चार प्रकारका मृग प्रजाति पर्दछन् । यसमा जरायो, चितल, लगुना र रतुवा पर्दछ । गौरीगाई बँदेल, निलगाई र बाँदर पनि यस क्षेत्रमा आहारा प्रजातिको रुपमा रहेका छन् । सर्बेक्षण सकिए संगै अध्ययनको काम सुरु गरिएको छ ।






