चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफुले हरेक दिन शुशासन र बिकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना माध्यामिक बिद्यालय भरपुरको हिरक महोत्सबलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आबश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिवद्धता लिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “ मैले बाँकी जीवन बिकास र शुसानका निम्ति समर्पित गर्ने भनेर भनेको छु ।”
आँफु अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको भन्दै उहाँले भन्नुभयो “यो कार्यकालमा मैले भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।” तपाईहरुले थाहा पाउनु भयो उहाँले थप्नुभयो “प्रधानमन्त्रीको सपथ ग्रहण गरे पछिको पहिलो क्याबिनेट बैठकबाट देशको अगाडी अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहाँसीक आबश्यकता सम्बन्धमा निर्णय गरेका छौ ।”
अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनु पर्ने आबश्यकता रहेको भन्दै उहाँले शुशासन, भ्रष्टाचार नियन्त्रण र व्यथिति नियन्त्रण गर्नुपर्ने अबश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो “जनताले बिभिन्न क्षेत्रमा पाईराखेका सास्तीहरुलाई नियन्त्रण गर्ने त्यो शास्तिबाट मुक्त हुने आबश्यकतालाई इङ्कित गरेर मैले निर्णय गरेको छु ।” जनताका पिर मर्कालाई सम्बोधन गर्न कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर राष्ट्रको पक्षमानै जाने संकल्प लिएको उहाँले बताउनुभयो । राजधानी बाहिर पहिलो कार्यक्रम शिक्षा क्षेत्रको भएको भन्दै उहाँले भन्नुभयो “यस मञ्चबाट देशभरीका आम नेपाली जनतालाई शुशासन र सम्बृद्धिको नयाँ युगको सुत्रपात गर्न हामी एक जुट होऔं भनेर अपिल पनि गर्न चाहान्छु ।”
शिक्षाको गुणस्तरलेनै राष्ट्र र समाजमा आम मानिसहरुको जीवन पद्धति निर्धारण गर्ने दाहालले बताउनुभयो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र बिकासको आधार शिला भनेको शिक्षा नै भएको भन्दै उहाँले थप्नुभयो “शिक्षाको गुणस्तरद्धारा नै एउटा अनुशासीत र सत्य समाजको निर्माण गर्न सकिन्छ र बिकासलाई पनि दिगो रुपमा अघि वढाउन सकिन्छ ।”युगको आबश्यकता अनुसार हामीले रुपान्तरीत गर्दै लानु पर्ने उहाँको भनाई थियो । देशभरमा दोस्रो हुन सफल यस बिद्यालय आफ्नो कर्म जिल्लामा रहेको र पहिलो आफ्नो जन्म जिल्ला कास्किको बाटुले चौरको भएको भन्दै उहाँले खुशि व्यक्त गर्नुभयो । दोस्रो भएको यस बिद्यालयलाई आउँदा दिनमा पहिलो हुन शुभकामना दिदैं स्थापनामा जुन कठिनाई बेहोरेर आज सम्म आई पुग्दा उत्कृष्ठ बिद्यालय वनाउने सबै प्रति उहाँले आभार प्रकट गर्नुभयो ।
स्वर्ण वर्षको कार्यक्रममा आँफु उपस्थित भएको स्मरण गर्दै उहाँले बिद्यालयका लागि आबश्यक पर्ने भौतिक पूर्बाधार लगाएतका कुरामा आफ्नो ठाउँबाट सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा उहाँले बिद्यालयमा बिशिष्ट योगदान पु¥याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । सोही अबसरमा हिरकद्धार, हिरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलन्यास, हिरक स्मारिकाको बिमोचन उहाँले गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक पूर्ण प्रसाद दवाडीले बिद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बि. सं. २०२० साल जेठ ६ गते चार जना बिद्यार्थी लिएर रात्रीकालिन रुपमा सुरु गरिएको यस बिद्यालयमा हाल ३ हजार ५ सय भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १ देखि १२ सम्म पढाई हुँदै आएको छ ।






