चितवनः पाँचौ राष्ट्रिय कृषि यान्त्रीक प्रदर्शनी चितवनमा हुने भएको छ । यही चैत्र ९ देखि १२ गते सम्म चितवन उद्योग संघले स्थापना गरेको प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।
नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीको मुख्य आकर्षक एसियामा दोस्रो पटक हुन लागेको कृषि कर्जा मेला र मेडीन नेपाल स्टल रहने संद्दका अध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा १ सय ५० स्टलहरु रहने छन् । बि. सं. २०७१ सालमा नारायणी नदी किनारबाट सुरु गरिएको यस प्रदर्शनी हरेक दुई दुई बर्षमा गरिदैं आईएको छ ।
प्रदर्शनीमा नेपालमा उत्पादित सबै यान्त्रीकरण, मेसीनरी सामाग्रीहरु राखिने छ । बिश्वमा प्रचलनमा रहेका यन्त्रहरुलाई समेत प्रदर्शनीमा राखिने र यसको प्रयोगका बारेमा समेत जानकारी दिईने उहाँले बताउनुभयो । यस अघि कोहोलपुर, धरान लगाएतका जिल्लामा प्रदर्शनी गरिएको थियो । चितवनमा दोस्रो पटक प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।
व्यवसायीक रुपमा कृषि जन्य मेसीनहरुको प्रबर्धन गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना रिएको हो । यस प्रदर्शनीले व्यवसायीक रुपमा कृषि कर्म गर्दै आएका कृषि उद्योमीहरुलाई सहयोग पुग्ने उहाँले सघकि केन्द्रिय सदसय सुनीता नोमाफुकीले वताउनुभयो । यस प्रर्दशनीले सरकारलाई समय सापेक्ष नीति निर्माणमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !