चितवन: नेपाली कांग्रेस चितवनले ४८ सदस्यीय नयाँ कार्य समिति पाएको छ । नयाँ कार्यसमितिमा संस्थापन समूहबाट ७ जना र ४१ जना संस्थापन इतरसमूहका विजयी भएका छन् । पदाधिकारीमा सहसचिव १ जना, सदस्यहरुमा राप्तीबाट ३ जना, खैरहनी र माडीबाट १–१ जना, समावेशीतर्फ १ जनामात्रै शेरबहादुर देउवा पक्षधरले जितेका छन् । अन्य सबै पदहरुमा रामचन्द्र पौडेल, शेखर कोइराला पक्षधरहरुनै विजयी बनेका छन् ।

आज (बुधबार) राती सकिएको मतगणनाबाट जिल्ला नेतृत्व टुंगो लागेको हो । भुगोल (प्रत्यक्ष) तर्फ २४ जना सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै जिल्ला नेतृत्वले पूर्णता पाएको हो । भरतपुर महानगरबाट महिला सदस्यहरुमा कमला दवाडी अधिकारी, शारदा पौडेल, पवित्रा केसी,खुल्ला सदस्यहरुमा अनमोल अधिकारी, चेवनकुमार श्रेष्ठ, डा. बासुराज अधिकारी, अनुप कोइराला निर्वाचित हुनुभएको छ । यस्तै माडीबाट खुल्ला सदस्यमा शालीकराम पौडेल, भिष्म अधिकारी, इच्छाकामना गाउँपालिकाबाट महिलातर्फ सावित्री पुडासैनी खनाल, खुल्लातर्फ माधवप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।यस्तै रत्ननगरबाट महिलातर्फ सिता रिजाल, खुल्लातर्फ तेजेन्द्र कुँवर, अजय महत सोनम, खैरहनीबाट महिलातर्फ शोभा पाठक, खुल्लातर्फ देवीप्रसाद न्यौपाने, हरिप्रसाद सापकोटा निर्वाचित हुनुभएको छ । यस्तै कालिकाबाट महिलातर्फ ज्ञानुमाया गोले, खुल्लातर्फ कृष्णबहादुर घिमिरे, दुर्गाबहादुर गुरुङ, राप्तीबाट महिलातर्फ विजया आचार्य देवकोटा, खुल्लातर्फ शिवराज उप्रेति, तेजबहादुर तामाङ निर्वाचित हुनुभएको छ ।यसअघि सभापतिमा राजेश्वर खनाल दोस्रो चरणको चुनाव अगावै सर्वसम्मत चयन हुनुभएको थियो । उपभापतिमा शालिग्राम शर्मा पौडेल, राजीव न्यौपाने, सचिवमा सूर्य अर्याल, धुर्वराज पोखरेल, सहसचिवमा गोपाल दराई, दिनेश अधिकारी निर्वाचित हुनुभएको छ । पदाधिकारीमा ७ जना, ४२ जना सदस्यहरुमा १७ जना समावेशीतर्फ र २४ जना भुगोलतर्फबाट निर्वाचित हुनुभएको थियो । नयाँ नेतृत्वलाई पदस्थापन कार्यक्रम २७ गते भरतपुरको हाकिमचोकमा रहेको सिएमटी रिसोर्टमा हुने जनाइएको छ । पदस्थापन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रमुख अतिथिका रुपमा आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस !