चितवनः इच्छाकामना गाउँपालिकाले एकल महिला एबं एकल पुरुषलाई बिधुवा भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि निती तथा कार्यक्रम मार्फत वजेट बिनियोजन गरेको छ ।

गाउँपालिका प्रमुख गिता कुमारी गुरुङ्का अनुसार पालिकामा ४५ वर्ष नाघेर ७० वर्ष नपुगेका अबिबाहित महिला एबं ६० वर्ष माथि ७० वर्ष तलका एकल पुरुषहरुको लगत संकलनको काम सुरु गरेको छ । वडा कार्यालयबाट नामावली संकलनका सुरु गरिएको हो ।

यसका लागि गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुसारको सामाजिक सुरक्षा भत्ता पाउन योग्यहरुको सूचि बुझाउन सम्बन्धित वडा कार्यालयलाई गाउँपालिकाले पत्राचार गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर सामाजिक सुरक्षा भत्ता दिन लागेको हो ।

गाउँपालिका यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको गुरुङ्ले बताउनुभयो । यसै वर्षबाट उनीहरुलाई सामाजिक सुरक्षा भत्ता दिन लागिएको हो । गाउँपालिकाले दिन लागेको सामाजिक सुरक्षा भत्ताको लक्षित समूहलाई केन्द्र सरकारबाट ७० वर्ष नकटुन्जेल कुनै सुविधा नदिईने भएकोले उनीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्थानीय सरकारले भत्ताको व्यवस्था गर्न लागेको उहाँको भनाई छ ।

यस पालिकाले यस अघि कृषकहरुलाई कुखुराको चल्ला बितरण, छोरी जन्माउनेलाई रु १० हजार खातामा राख्ने जस्ता महत्वपूर्ण कामहरु गरिसकेको छ । बिकास निर्माण संगै सामाजिक काममा गाउँपालिका अग्रसर भएर लागेको उपाध्यक्ष कृतिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !