चितवनः गैंडाको खाग चोरी गरेको मुद्धामा फरार रहेका एक अभियुक्ताई निकुञ्ज प्रशासनले २३ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर २ बस्ने ५८ वर्षिय कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।

न्यौपानेलाई बिक्रम सम्बत २०५७ साल माघ २५ गते गैंडा मारि खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु १ लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरि सोमबार सार्बजनिक गरिएको हो । बिभिन्न स्थानमा लुकिछिपि बसेको अबस्थामा काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बरल ७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परे संग्र कोभिड १९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आए संगै उनलाई कारागार कार्यालय भरतपुर पठाईएको उहाँले जानकारी दिनुभयो । वि.सं. २०५५ साल कार्तीक २८ गते निकुञ्जको अमृते पोष्ट बाट करिब १ दशमलब ५ किलोमिटर पूर्ब खाडलमा पारि गैंडा मारी खाग तस्कर गरेको अभियोेग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए ।

प्रतिक्रिया दिनुहोस !