चितवनः जिल्लाका तीन पालिकामा आजबाट सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।
आयोगले जग्गा नाप्नु पूर्ब तीन पालिकाहरु भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन र सर्बेक्षणलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका ६ वटा वडा, कालिका र माडीका ३÷३ वटा वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडाहरु सकिए संगै अन्य वडाहरुको काम थालिने छ ।
भरतपुर महानगरपालिकामा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना वनाईएको छ । पालिकाले जिल्ला स्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ जना अमिन र ९ जना सर्बेक्षकलाई प्रशिक्षण दिईएको छ ।
यस अघिनै भूमिहीन दलित, भूमिहीन सकुम्बासी तथा अव्यवस्थित बसोबासी संगै सेतो पूर्जा धनिहरुले सम्बन्धित पालिकाहरुमा निवेदन दिई सकेका छन् । तिमिल्सिनाका अनुसार भरतपुर महानगरपालिकामा १० हजार २९, कालिका नगरपालिकामा ५ हजार ६ सय ९३ र माडी नगरपालिकामा ५ हजार ७ सय ५३ जनाले निबेदन दिएका छन् । जिल्लामा यो संख्या ४३ हजार २ सय २८ रहेको छ । उनीहरुको जग्गाको नापजाँच गर्न लागिएको हो ।
आयोगले नापि कार्यालयका प्रमुखलाई सदस्य सचिब तोकेको छ । नापि कार्यालय भरतपुरका प्रमुख ग्रिस कुमारले भरतपुर, चनौली र माडी गरी ३ वटा नापी कार्यालयमा ३६ जना अमिन र सर्बेक्षक आजबाट खटिने वताउनुभयो । अमिन प्राविधिकहरुलाई स्याटेलाइटबाट कसरी नाप्ने भनेर सिकाइएको बताउँदै उहाँले प्रक्रियाअनुसार यथासक्य छिटो काम सक्ने गरि तयारी गरिएको बताउनुभयो । स्याटेलाइट इमेजको आधारमा फिल्डमा गएर टेपले नापिनेछ र कार्यालयमा गएर प्लटिङ्ग गरिने छ ।

प्रतिक्रिया दिनुहोस !