चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले २४ किलो ९६० ग्राम चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला बिंरगज महानगरपालिका वडा नम्बर १५ का ३० वर्षिय ओम प्रकाश साह सोनार र बाराको नरही गाउँ बिकास समिति घर भई बिरंगज महानगरपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षिय अजय कुमार सर्राफ रहेका छन् ।
भरतपुर बिमानस्थलबाट २४ किलो ९६० ग्राम चाँदी जस्तो देखिने धातुको गरगहना कार्गो (कुरीयर) गरि काठमाडौं पठाउने क्रममा पक्राउ गरिरएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार कपडाको झोला भित्र राखि पठाउने क्रममा एक्सरे मेसीनले परिक्षण गर्दा चाँदी जस्तो देखिने धातु फेला परेको हो ।
उक्त सामान कार्गो गर्न आएका दुई जनालाई पक्राउ गरि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको उहाँले जानकारी दिनुभयो । उनीहरु मंगलबार पक्राउ परेका हुन । प्रहरीले आज सर्बजनीक गरेको हो ।






