चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तीन नम्बर पुलबाट स्करपियो त्रिशुलिमा खस्दा ७ जना घाईते भएका छन् । नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो साँझ ६ः०० वजे दुर्घटना भएको हो ।

सो स्कारपियोमा सबार चालक सहित सात जना घाईत भएको र उनीहरुको उपचारका लागि भरतपुर ल्याईएको जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवान राज थापाले जानाकारी दिनुभयो । घाईतेहरुको उद्धार गरिएको भए पनि स्करपियो बाहिर निकाल्न नसकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !