चितवन,२१ पुस । नेपाली काग्रेसकाे १४ आै महाधिवेशन अन्तगत यहि पुस २७ गते हुन लागेकाे जिल्ला अधिबेशनमा जिल्ला सदस्य पदमा विष्णु भुजेलले आफ्नाे उम्मेदवारी घाेषणाा गनुँ भएकाे छ । सामाजिक सञ्जालबाट उम्मेदवारी घाेषणा गदै उहाले काग्रसका क्षेत्रीय प्रतिनिधिहरु संग मत माग्नु भएकाे छ ।
राजनैतिक रुपमा कुनै दाग नलागेका युवा नेताकाे रुपमा परिचित भुजेल नेविसंघ चितवनकाे राजनितिबाट पाटिकाे राजनितिमा आउनु भएकाे हाे । नेविसंघ चितवन साविक क्षेत्र नम्बर ४ काे सभापति भएर काम गरिसक्नु भएका भुजेल नेविसंघकाे विवादमा समेत कतै नलागि तठस्थ वस्नुभएकाे थियाे ।
काग्रेसकाे राजनितिमा लागेर सामाजिक काममा समेत लाग्नु भएका भुजेलले आफु जिल्ला सदस्यकाे रुपमा निवाचित भए संगै भातृ संस्थाकाे बिबाद मिलाउन नेतृत्वलाई दवाव पुग्ने वताउनु भयाे । पाटिमा अहिले नेविसंघका नेाहरुकाे आकषण वढेकाे वताउदै उहाले नेविसंघमा लामाे समय नेतृत्व परिवतन नहुनु मुख्य कारण रहेकाे वताउनु भयाे । पाटिले संञ्चालन गरेका हरेक आन्दाेलनमा अग्र मा्चामा सहभागिता जनाउदै आउनु भएका भुजेल सादा जीवन उच्च व्यवहारका धनि हुनुहुन्छ ।
भुजेल अहिले देखिएका जिल्ला सदस्य भन्दा लाेकप्रिय नेताकाे रुपमा चिनिनु हुन्छ । उहाँले भन्नु भयाे “मेराे उम्मेदवारी कुनै गुटकाे हाेईन । कांग्रेस वलियाे वनाउन हाे ।” उहां स्थानिय स्तरमा बिभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गदै आउनुभएकाे छ ।






