चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भतेरी जंगलमा बस र ट्रक एक आपसमा ठक्कर खाश्ँदा ११ जना घाइते भएका छन् । बिरगञ्जबाट काठमााडैं तर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र विपरित दिशावाट आउँदै गरेको ना ६ ख ५८६६ नम्बरको ट्रक आज एक आपसमा ठक्कर खाएको थियो ।
बस र ट्रक एक आपसमा ठक्कर खाँदा दुबै सवारीका चालक सहित ११ जना घाईते भएका हुन । घाईते मध्ये १० जनाको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ भने एक जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार एक जना गम्भिर र १० जना मध्ये घाईते भएका छन् ।






