चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ अमरबस्तीकी २२ वर्षिय अम्बिका महतोको हत्याको अभियोगमा उनका २५ वर्षिय श्रीमान साजन महत्वलाई प्रहरीले पक्राउ गरेको हो ।
अम्बिकाको पुष ५ गते राती घाइते भई लडिरहेको अबस्थामा भेटिएको थियो । कार्यालयका अनुसार अम्बिकाको उपचारको क्रममा मृत्यु भए पछि उनको शरिरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको थियो । सो आधारमा साजनलाई पुस ६ गते पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनलाई ज्यान सम्बन्धी मुद्धामा जिल्ला अदालत चितवनबाट म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।






