काठमाडौँ, १ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी कार्यालय सानेपामा महामन्त्री पदका लागि मतगणना भइरहेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार ६ जनाबीच भएको प्रतिस्पर्धाबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

सभापति शेरबहादुर देउवा समूहबाट डा। प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा। शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल तथा प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा। राजाराम कार्कीमैदानमा छन्।

यसअघि सभापति र उपसभापतिको मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस !