चितवनः नेपाली काँग्रेसको युवा पुस्ताले रुचाईएका गगन थापाको जस्तै भाषणकला भएका चितवनका काँग्रेस सभापति जीतनारायण श्रेष्ठ थापाकै समुहबाट निर्वाचन लड्ने भएका छन् । नेपाली काँग्रेसका प्रभावबशाली नेता शेखर कोईरालाको समुहमा थापा संगै श्रैष्ठ रहेका हुन ।

श्रेष्ठ संग भाषणगर्ने अदभुत कला रहेको छ । उनको भाषण सुन्ने सबैले भन्ने गर्छन “श्रैष्ठको भाषण गगनको जस्तै लाग्यो ।” पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड र उनकी छोरी रेनु दाहाललाई आउँदो निर्वाचनमा भोट नदिने र लखेट्ने बताए पछि उनी चर्चाको शिखरमा रहेका छन् । उनले महामन्त्री डा. शशांक कोईराला भएको मञ्चमा हात काट्ने माओवादीलाई अब काँग्रेसले भोट दिदैंन भनेका थिए । बिपक्षि संग श्रेष्ठ खनिय पछि पार्टी सभापति शेरवहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्झाउनु परेको थियो । माओवादी मात्रै होईन श्रेष्ठ संग जिल्लमा एमाले पनि त्रसित छ ।

बिपक्षिहरु संग दरो मुक्काविल्ल गर्ने र काँग्रेस नेता कार्यकर्ताहरुको संरक्षण गरेका कारण श्रैष्ठ लोकप्रिय छन् । भृकुटी मण्डपमा भेटिएका देशै भरका मतदाताले आँफु जुन समुहको रहेको भए पनि एक भोट श्रेष्ठलाई दिने बताएका छन् । जसले गर्दा श्रेष्ठको जित सुनिश्चित रहेको आँकलन गरिएको छ । दुई दिन अघि मनोनयन दर्ता गर्दा सयौंको संख्यामा उनका समर्थकहरु सहभागी भएका थिए । हिजो पनि दिनभर त्यहाँ उहाँका समर्थकहरुले नारावाजी गर्दै भोट मागिरहेको देखिन्थ्यो । जिल्लाको राजनितिमा फरक धारमा रहेकाहरुले पनि अहिले श्रेष्ठलाई सहयोग गरेका कारण उनी बलियो भएका हुन । यस अघि श्रेष्ठ भन्दा फरक पक्षमा जिल्लामा उभिनेहरु अहिले श्रेष्ठलाईनै भोट मागिरहेका देखिन्छन् । उनी नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा जनजाती कोटाबाट क्रम संख्यम १५ मा उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !