चितवन, १३  मंसिर । तीन दिनदेखि चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले पुन:  छलफल थालनु भएको छ।

पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे पुनस् छलफल थालिएको हो । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको सूची वाचन गरेका थिए तर उपाध्यक्षमा मनोनयन दर्ता गराएका भुसाल पदाधिकारीमा नअटाएपछि पुन: छलफल थालनु भएको हो ।

त्यस्तै ओलीको पदाधिकारी सूचीमा घनश्याम भुसाल, सचिव भीम आचार्य अटेका छैनन्।

प्रतिक्रिया दिनुहोस !