चितवनः अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको बिषयमा पाँच दलिय गठवन्धनले निर्णय गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले गठवन्धनको सरकार भएकाले उसैको निर्णय अनुसार चल्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “गठवन्धन भित्र छलफल भई रहेको छ । सरकारमा पनि छलफल जारी छ ।”देशको बिकास, प्रगति, संबिधानको रक्षा र कार्यान्वयनका लागि अहिलेको सरकार बनेको भन्दै उहाँले हरेक निर्णय गठवन्धनबाटै हुने बताउनु भयो । बिदेसी लगानी, बिकास निर्माण र कोभिडले थलिएको अर्थतन्त्रलाई चलायमान वनाउन सरकार लागि रहेको उहाँको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभयो । धुर्मुस–सुन्तली फाउण्डेसनले साहासिक कदम अघि वढाएको भन्दै उहाँले सरकारले कसरी सहयोग गर्ने भन्ने बिषयमा छलफल भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निरास नहुनुस अघि वढ्नुस भनेको छु ।”कलाकारहरुको एउटा महत्वपूर्ण योजना राज्यको चुनौतिको रुपमा देखा परेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !