चितवनः नेपाली काङ्ग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले काँग्रेसले निर्वाचनमा गठवन्धन गर्दा सम्बन्धित जिल्लाको राय अनुसार गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ ले आज यहाँ आयोजना गरेको दलमा रुपान्तरण देश रुपान्तरणका लागि एबं जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काङ्ग्रेसले निर्वाचनमा गठवन्धन गर्दा जिल्ला र त्यहाँका महाधिबेशन प्रतिनिधिहरुको राय अनुसार गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “आम निर्वाचनमा एक्लै लड्ने की गठवन्धन वनाएर निर्वाचन लड्ने भन्ने विाष्यमा जिल्लाको, महाधिबेशन प्रतिनिधिहरुको राय अनुसार हुन्छ । काठमाडौमा बसेका निर्णय गरेर लाद्ने काम हुँदैन ।” केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुनु उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले काँग्रेसले १,२,३,४ को नीति अपनाएर पार्टी भित्र रुपान्तरणको सुरुवात गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “एक पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक संसद भए पछि इकजिट हुनु पर्छ ।” चार पटक सम्मको संसदीय कार्यकाल भित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उहाँको भनाई थियो ।
देशमा रुपान्तरण गर्न समाज रुपान्तरण हुन जरुरी रहेको भन्दै उहाँले जनतालाई बुझाउन सक्ने काङ्ग्रेस बनाउनु आबश्यक रहेको बताउनुभयो । काङ्ग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आबश्यक रहेको उहाँको भनाई थियो । प्रबक्ता शर्माले भन्नुभयो “काङ्ग्रेस महाधिबेशन पछि १५ वर्षे नीति अधिबेशन बताएर अघि वढ्नु पर्छ ।” १५ वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो वनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आबश्यकता रहेको बताउनुभयो । हरेक वर्गका जनताको भावना अनुसार काङ्ग्रेसलाई चलाउनका लागि दलमा रुपान्तरण र देश रुपान्तरणका लागि आँफुले ४२ बुद्दे अबधारणा पत्र अघि सारेको भन्दै उहाँले अब देश वनाउने जिम्मेवारी काङ्ग्रेसको काधमा रहेको जिकिर गर्नुभयो । काङ्ग्रेसलाई बलियो वनाउनका लागि गाउँतहबाटै बलियो वन्नु पर्ने उहाँको तर्क थियो । उहाँले भन्नुभयो “काङ्ग्रेसको जरा वलियो वन्नुपर्छ । रुखको हाँगा कम्जोर भयो भने फेरेमलव्लि दलेर वलियो हुँदैन ।” रुखलाई गोडमेल गर्ने समय आएको उहाँको भनार्य थियो ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिबेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएका शर्माले बिद्यार्थी आन्दोलनको नेतृत्वमा पु¥याएको जिल्लाको आशिबाद लिन आँफु आएको बताउनुभयो । उहाँले भन्नुभयो “मलाई नेबिसंघको नेतृत्वमा पु¥याउने जिल्लाको माटोमा आएर आशिबाद लिनु पर्छ ।” फरक प्रसंगमा बोल्दै उहाँले भन्नुभयो “काङ्ग्रेस मानव शरिरको जिब्रो हो । जसले कहिल्यौ धोखा दिदैन । कम्युनिष्ट दाँत हो । त्यस्तै कठोर हुन्छ र वुढेस्काल लागेपछि धोखा दिन्छ ।”
वडा सभापति बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, बिनाबिभागीय राज्य मन्त्री उमेश श्रेष्ठ, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । सो अबसरमा बिभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो । यस्तै वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !