चितवनः नेकपा एमालेको १० औं महाधिबेशनको क्रममा प्रचार प्रसारका लागि देशभरी मोटरसाईकल ¥याली गर्ने भएको छ । केन्द्रीय प्रचार संयोजक तथा दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचार प्रसारका लागि देशव्यापी रुपमा जिल्लाका सदरमुकाममा मोटरसाईकल ¥यालि गरिने वताउनुभएको हो । ¥याली मंसिर ७ गते हुने छ ।

आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि भट्टराईले बिशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र बीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाईकल ¥याली गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मंसिर १० गते १२ वजे नारायणगढ जाऔं भन्ने आह्वान गर्नका लागि मोटरसाईकल ¥याली आयोजना गर्न लागिएको हो । वागमती, लुम्बिनी र प्रदेश नम्बर २ का प्रादेशिक पार्टी र जनसंगठनको तहबाट ¥यालीको संयोजन हुने सो अबसरमा जानकारी दिईएको थियो ।

मंसिर ७ गते देखि ९ गते सम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्धार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । एक जिल्लाः एक स्वागतद्धार निर्माणमा जोड दिइएको उहाँले जानकारी दिनुभयो । मुख्यगरी पूर्ब–पश्चिम÷उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिकाहरु, मुख्य बजारहरुमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने छ ।

यस्तै प्रदेश सभा सदस्य बिजय सुवेदीको संयोजकत्वमा ५१ सदस्यिय प्रचारप्रसार सहयोग समिति गठन गरिएको छ । समितिको सह संयोजकमा एमाले नेता केशब रेग्मी र सचिबमा पत्रकार तिलकराम रिमाल रहनु भएको छ ।

एमालेले दशौं महाधिवेशनमा कुनै पनि भित्ते लेखन तथा पोष्टर नटाँसेर डिजिटल मिडियाको प्रयोग गरिने जानकारी दिनुभयो । प्रचार समितिले मैथेली, भोजपुरी, अवधि, थारु, तामाङ, चेपाङ, नेपाली र अंग्रेजी भाषामा प्रचार ब्यानर र भिडियो क्लिपहरु निर्माण गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा एमालेले महाधिवेशनमा कम्तीमा ३० वटा भिडियो तथा अडियो क्लिप र वृत्तचित्रहरु बनाएर प्रचार गर्ने तयारी गरेको जानकारी दिइएको थियो । एमालेले महाधिवेशनलाई लक्षित गरेर प्रचारप्रसारको लागि सामाजिक माध्यमहरु फेसबुक, टिकटक र युट्युबहरुलाई पनि प्रयोगमा ल्याउने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै उहाँले सबै कम्युनिष्टहरु एमालेमा समायोजन गर्दै अघि वढ्न महाधिबेशनले सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो “अब कम्युनिष्टहरु बैचारीक र सैंद्धान्तिक हिसाबले एउटै पार्टी बन्नेछ ।” अहिले देशमा दुईबटा बिचार धार रहेको भन्दै उहाँले अघिल्ला गल्तिहरुलाई नदोहो¥याई एकता गरिने बताउनुभयो । एमालेको नेतृत्वमा कम्युनिष्टपार्टी बन्ने उहाँको भनाई थियो ।

संयोजक भट्टराईले दजनौं देशका राजनीतिक दलका प्रतिनिधिहरुलाई महाधिवेशनमा निमन्त्रणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “एशियाका कतिपय देशका राजनीतिक दलका प्रतिनिधिहरुले आउने कन्फर्म गरिसकेका छन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधिहरुलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिसकिएको छ ।” भट्टराईले देशका ९५ प्रतिशत जिल्लाका विभिन्न संगठनहरुमा महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत भइसकेकोले यसपटकको चितवन महाधिवेशनमा सर्वसम्मत नै पार्टी नेतृत्व चयन गरिने दाबी गर्नुभयो । नेता भीम रावल पार्टीको अध्यक्षमा उठ्ने के सम्भावना रहेको छ भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो “म भीम रावलको प्रवक्ता होइन ।”

महाधिबेशनको उद्घाटन सत्रमा एकीकृत समाजवादी पार्टीलाई निमन्त्रणा नगरिएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “माधवकुमार नेपाल महाधिवेशनमा आउने भए एमालेमा नै रहनुहुन्थ्यो । पार्टी फुटाएर गएपछि उहाँ महाधिवेशनमा आउँनुहुँदैन । एमालेले उहाँलाई निमन्त्रणा गर्दैन । एमालेले एकीकृत समाजवादीलाई आधिकारिकता पनि दिएको छैन ।”

प्रतिक्रिया दिनुहोस !