चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर ४ का भिमबहादुर बिश्वकर्माको हत्या अरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक वहशका क्रममा उनीहरुलाई आज कारागार चलना गरिएको हो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार इश्वर आचार्यका अनुसार बि.क.को हत्यामा संम्लङ्न भएका सिताराम बस्नेत र दिलिप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायधिश गायत्री प्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नु पर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनीहरुलाई भिमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरि हत्या गरेको आरोप थियो । भरतपुर महानगरपालिका वडा नम्बर ४ दुर्गाचोक नजिक दुर्गा मन्दीर अगाडी कुटपिट पछि उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो । ५८ वर्षिय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेको बस्नेत र श्रेष्ठलाई आबेश प्रेरीत ज्यान मुद्दा दर्ता भएको थियो ।

आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु १ लाख जरिवाना माग दावि गरिएको थियो । आरोपिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि वि.क.को शब अझै उठ्न सकेको छैन । दलित अभियान्ताहरुले जातियताको आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !