चितवन,२ कात्तिक । टिकौली जंगलमा भाले चित्तललाई बोलेरो गाडीले ठक्कर दिंँदा चित्तलको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ गईरहेको बा १० च २७९४ नम्बरको दुध बोक्ने गाडीले आज बिहान सांँढे ८ बजे चित्तललाई ठक्कर दिएको हो ।

अन्दाजी २ बर्षको भाले चित्तललाई बाटो काट्ने क्रममा उक्त गाडीले ठक्कर दिएको र चालक र गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रण लिएको चितवन ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो ।

नियन्त्रणपछि चित्तल, गाडी तथा चालकलाई जिल्ला वन कार्यालयको जिम्मा लगाईएको थापाले बताउनु भयो । चालकलाई वन ऐन अन्र्तगत कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस !