चितवन,१९ असोज । बाघले आक्रमण गर्दा मंगलबार चितवनको खैरहनीमा एक जनाको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेर ज्यान लिएको खैरहनी– १३ का वडा सदस्य चन्द्रलाल चौधरी जानकारी दिए । घटना मंगलबार बिहान भएको थियो ।

निकुञ्जको हात्तीसहितको टोली अहिले घटनास्थलतर्फ गएको चौधरीले बताए। चौधरीका अनुसार बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका साथीहरू भने भाग्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस !