काठमाडौं,१८ असोज । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस !