चितवनः धुमपान गर्ने मध्ये ५० प्रतिशतमा मुटुको समस्या देखिने चिकित्सकहरुले बताउका छन् । विश्व मुटु दिवसको अबसरमा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने चिकित्सकहरुले धुमपान गर्ने व्यक्तिमा वढि मुटुको समस्या देखिने गरेको बताएका हुन ।
नेपाल ह्दयरोग निवारण प्रतिष्ठान चितवनको आयोजनामा भएको कार्यक्रममा बोल्ने चिकित्सकहरुले नेपलामा अहिले मुटुको समस्या जटिल वन्दै गएको बताएका हुन । कार्यक्रममा बोल्दै डा. मणी प्रसाद गौतमले ग्रामिण क्षेत्रमा वढि मात्रामा यो समस्या देखिएको बताउनुभयो । निम्न वर्गका व्यक्तिमा यो समस्या देखिएमा उपचारनै गर्न नगई बस्नु पर्ने बाध्यता समेत रहेको उहाँको भनाई थियो ।
डा. श्याम रेग्मीले धुमपान, मध्यपान गर्नेहरु मध्ये धुमपान गर्ने ५० प्रतिशतमा यो समस्या देखिने वताउनुभयो । मुटुको समस्या महिलामा भन्दा पुरुषमा बढि देखिने गरेको भन्दै उहाँले १० वर्षको उमेर देखिनै मुटुको परिक्षण गर्न सुझाब दिनुभयो । डा. शंकर लौडारीले नेपालमा मृत्यु हुने मध्ये २७ प्रतिशत मुटु रोगको कारण वन्ने गरेको बताउनुभयो । तीस वर्षमा मुटु रोगको समस्या दोव्वर भएको भन्दै उहाँले यसरलाई रोकथामका लागि खानपान, आहार विहार र व्यायममा ख्याल गर्नु पर्ने बताउनुभयो ।
महिलाहरुमा रजश्वला हुने भएकाले मुटुमा खासै समस्या नदेखिने उहाँको भनाई थियो । प्रतिष्ठानका अध्यक्ष भोजराज कौडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालमा अहिले एक लाखमा ६ सय जनामा मुटुको समस्या देखिएको जानकारी दिइएको थियो । कार्यक्रममा मुटुमा हुने समसयाका बारेमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।






