चितवनः पूर्बी चितवनको कालिका नगरपालिकामा सम्पन्न् १४ औं महाधिबेशन अन्तर्गतको निर्वाचनमा दिपेश्वर केसीको समुह बिजयी भएको छ । केसीले आफ्ना निकटतम प्रतिशप्रधि लिला बहादुर गुरुङ्लाई १० मत अन्तरले पराजित गर्नु भएको छ । उहाँले १ सय १२ मत ल्याउँदा उहाँका प्रतिशप्रति लिला बहादुर गुरुङ्ले १ सय २ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपसभापतिमा उहाँकै समुहबाट निर्वाचन लड्नु भएको चेत वहादुर गुरुङ्, जेएन महतो बिजयी हुनु भएको छ । यस्तै सचिबमा राजन रेग्मी र फडिन्द्र लामिछाने, सह सचिबमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी हुनुभएको छ ।कालिका नगरपालिकामा २ सय २० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।






