काठमाडौं, १ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि अर्को व्यवस्था नभएसम्मका लागि भौतिक उपस्थितिमा पठन पाठन शुरु नगर्न आदेश जारी गरेको छ ।

तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले आजदेखि विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो।

यदि पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ ।

प्रशासनले बिहीबार जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।

साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले अर्को व्यवस्था नभएसम्मका भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस !