यतिखेर मुलकभर कोभिड १९ को संक्रमण झन बिकराल बन्दै गएको छ । गत सालमा कोभिड कै कारण व्यापार ब्यवसाय उद्योग धन्दा कल कारखान नराम्रोसंङ्ग धारासयी भएकोमा तङ्ग्रन नपाउदै फेरि कोभिड भेरियन्टको नामले देशमा तहल्का मच्चाएको छ । देश ठप्प छ अत्यावश्यक सेवाबाहेक सम्पूर्ण कारोवार बन्द छ । सरकारले जनस्तरमा दिनुपर्ने रहात शून्य छ । दिनभर कमाएर खाने वर्ग फेरि सङ्कटको भुमरीमा फसेको छ, घरभित्र खानेचिज छैन आदानीको श्रोत बन्द छ कोभिड लाग्ने चिन्ता भन्दा पेटको बिकराल चिन्तामा आज देशको ठूलो बर्ग फसेको छ ।

सरकार सत्ताको गणितमा अल्मलिएको छ हुनेखाने बर्गले महिनौँको खाध्यान्न सङ्कलन गरेको छ जसले बजारमा बस्तुको माग तिब्र छ जसका कारण मूल्यबृद्धि थेग्नै नसक्ने गरि भएको छ । गरिवीको रेखामुनीका बहुसङ्ख्यक जनताको क्रयशक्ति भन्दा बस्तुको भाउ दुईगुना वृद्धि भईसकेको छ । यस्तो परिस्थिमा सरकार छ भन्ने आभाष सम्म सरकारले दिन सकेको देखिदैन ।

आज देशका सबैजसो ठूला शहरहरु ठप्प छन् कोभिडलाई अझ फैलन नदिन निशेधाज्ञा लागेको छ तर पूर्वघोषित निशेधाज्ञाले भिडभाड गरेर राजधानीबाट मान्छेको लर्को गाउँगाउँ फर्केको छ , आफूमात्रै फर्केको नभै कोभिडसमेत बोकेर फर्केको परिस्थिति छ अबको परीक्षणको दायरा ग्रामीण क्षेत्रमा तिब्र गर्नु जरुरी देखिन्छ। काठमाण्डौमै उपचारमा हात उठाएको सरकारले गाउँमा पुगेका जनताको परीक्षण र उपचारमा पउँच पुर्याउन सक्ला , भेरियन्ट कोभिड जसको लागि सरकारले बेलैमा तयारी गर्ने समय प्रसस्त थियो बन्दभन्दा अरु विकल्प सरकारले प्रस्तुत गर्न नसक्नु हामी सबैको दुर्भाग्य हो ।

नेपाल जस्तो थोरै जनसङ्ख्य भएको देशमा सामाजिक दुरी ठूलो समस्या होइन यसको व्यवस्थापनमा स्वास्थ्य संङ्कटकाल लगाएर भएपनि सम्पूर्ण स्पास्थ्यकर्मीलाई कोभिड उपचारमा खटाउने र देशको साधनस्रोत अधिकतम् प्रयोग गर्न सके हाम्रो जस्तो देशमा गरेर खान दिने वाताावरण बनाउन सकिन्छ । महिनौँको बन्दाबन्दीले देश र जनतालाई झन ठूलो समस्यामा पार्ने स्पस्ट छ यसमा सम्बन्धित पक्षको बेलैमा ध्यान जाओस् । बन्दभन्दा उपयुक्त अर्को बिकल्पको खाजी होस् यो नै आजको आवश्कता हो ।

प्रतिक्रिया दिनुहोस !