बिच चौरमा राखेको मादल जस्तो भयौ

चितवनः  हुन त सवै डाक्टर सावहरूलाइ हाम्रो नाम आउने वित्तिकै मेडिकल कलेजका Owner भनेर लेवल लगाइदिनु हुन्छ र हुने नहुने सवै कुराको वर्षात शुरू हुन्छ।
नेपालमा आज भन्दा २६–२७ वर्ष पहिला मेडिकल कलेज खोल्दा सवैजसो Foreign Investment मा खोलेको र त्यसवेला देखि अहिले सम्म आईपुग्दा १८ वटा मेडिकल कलेजहरू संचालनमा छन्। हाल खुलेका सवै मेडिकल कलेजहरू नेपालीहरूकै लगानीमा खुलेका छन्। ति सवैजसो मेडिकल कलेजहरूमा कुनै न कुनै रूपमा चिकित्सकहरू नै सम्मिलित छन्।
र यदि हेर्ने हो भने सवैजसो चिकित्सक हरू कोहि पनि Business Background वाट नआएको र आफ्नै मेहनत , दिन रात नभनिकन काम गरेर कमाएको पैसा र निकै ठुलो मात्रामा वैंकवाट ऋण लिएर आफ्ना शाखा सन्तान, तिन पुस्ताको नाममा समेत Personal guarantee दिएर यि मेडिकल कलेजहरू संचालन भैराखेका छन। आज हेर्नु भयो भने हाम्रा वाल वच्चा ले लगाउने कपडा देखि श्रीमतीले लगाउने गहना सम्म , घरमा पकाउने भॉंडाकुडॉं लगायत संपुर्ण श्री संपति Bank कै नाममा Guarantee राखेको हुन्छ।
तपाइ हामीले संधै सोच्ने नै के हो भने आफुजस्तै Profession को मान्छेहरू उत्पादन गर्न सकौं। हामीले पनि त्यहि गर्ने जमर्को गरेको हो।
घोडा चढ्ने मान्छे लड्छ भन्ने त उखान नै छ, होला सायद काम गर्दै जॉंदा कहि जानी नजानी साना ठुला कमजोरी भए होलान तर ति कमजोरी कहॉ र कसरी भए भन्ने वुझ्ने कोशीस हामी र हाम्रो समुदायले कहिल्यै गरेन खालि कागले कान लग्यो भनेजस्तै गरि हामी सवै कागको पछाडी लाग्यौ, हामीले हाम्रो आफ्नै कान छाम्ने कोशिस गरेनौं।
दुख लाग्छ हामिले यत्रो मेहनत र वलिदान , आफ्नो मात्रै होइन हाम्रो संपुर्ण परिवारको वलिदान, हामीलाइ पनि परिवार संग घुम्न मन लाग्छ होला, हामीलाइ पनि साथीसंगीहरू संग वेलुका वसेर रमाइलो गर्न मन लाग्छ होला, खोइ यो त इतिहास भै सक्यो।
हामी पनि त यहि चिकित्सा क्षेत्र लाइ अगाडि वढाउने दृढ इच्छा र आकांन्छा वोकेर डटेर आएका थियौं र खटेर जाने वुझेको मेहनत गरेर अगाडि वढिराखेको छौं।
तर सधैं हामीले गाली खाइराथ्यौ र सधै अर्काको भर्यान्ग वनिराख्यौ। म जहिले पनि भन्ने गर्छु हामी त विच चौराहामा राखेको मादल जस्तो भयौं – जो आउछ वजाउछ जान्छ, उसलाइ त मादल वजाउनु छ आवाज निकाल्नु छ , आफु हामीलाइ वजाएकै भरमा हामीलाइ नै भर्यान्ग वनाएर माथिल्लो तलामा जान्छ र त्यहिवाट फेरि हामीलाइ नै ढुन्गा हान्न थाल्छ र माइतिघर मन्डलामा र चौविसकोटीमा विशाल ताली वज्छ। कठै विचरा हामी।
मनशाय पत्र पांउदा शिक्षा मन्त्रालयले मादलको खरी झार्न थालेको, हाम्रा आदरणिय गुरू हरूले नेपाल मेडिकल काउन्यिलवाट स्वर नै धोद्रो हुने गरि खर्यान्ग खुरुन्ग मादलको खरी झारिदिन्छन। हामी विचरा खोलाको विचमा पुगेपछि पछाडी फर्किनु भन्दा अगाडि नै गए जितिन्छ भन्दै सहारा लिदैं अगाडि वढ्छौं। अनि वाटोमा लिएको सहारा पनि निकै महव्गो पर्न जान्छ।
अव विस्तारै विश्वविध्यालय सम्म आईपुग्दा त त्यो मादल नै वेचेर अगाडि वढ्नु पर्ने हुन्छ, फेरी हामी नै धेरैको भर्यान्ग वन्दा वन्दा सास मात्रै फेरिरहेका हुन्छौं।
अव आए हाम्रै समुदाय तपाइ हामी , कसैलाइ Fast Track नेता हुनु छ भने दुइ चार वटा DSON मा मेडिकल कलेजलाइ गालि गरिदिनुस त्यसका संचालकलाइ गालि गरिदिनुस अर्को चुनावमा त तपाइ निर्विरोध नभए पनि सवैभन्दा धेरै भोट त तपाइको पक्का।
हामीले नेपालमा PG को सिट वढाउनु पर्छ भन्यौ तर तिनै नेता भनाउदाहरुले फेरी Bargaining शुरु गरे नतिजा एन् को सिट घट्यो। सवै चिकित्सकहरुले PGगर्न पाएनन् या त विदेश मा जानु पर्यो जुन कुरा कति गार्हो छ भन्ने कुरा हामी विदेशमा PG गरेर आउने मानिसहरुलाइ सोधौं।
कुनै पनि कुरा संचालन गर्न कति गार्हो हुन्छ भन्ने कुरा त तपाइ हामीले एउटा आफ्नै नाममा Clinic चलाएर हेरौं अनि मात्रै थाहा हुन्छ( यहांका गुनडा महाराज को जलपान, नेता ज्यु तथा वहांका आसे पासेको सेवा, सरकारी कर्मचारीको प्रसाद सहितको चाकडी , आदि इत्यादी मन्त्रालयको हावा खुवाइ, IOM को चक्कर अनि मेडितल काउन्सिल को घनचक्कर…….ओहो फेरि सोच्दा पनि पसिना आउछ।
अनि सवै भन्दा ठुलो कुरा त विचरा कर्मचारीको नाममा राजनिती गर्ने हरू , मालीकसंग चन्दा माग्यो दिएन भने भोलीदेखि हडताल वाहा कति सजिलो? फेरि Dealing हुन्छ नेताज्यु आउनुहुन्छ यि कर्मचारी हरु त हाम्रा पार्टीका कार्यकर्ता हुन, हामी खै के खै के ? – ति हाम्रा कर्मचारी हुन कि ति मगन्ते नेताका कार्यकर्ता ? अव डिलिन्ग शुरु हुन्छ– ति निरिह कर्मचारीका नाममा।
अहिले त फेरि शुरु भयो लाशको राजनिती।
अव हुंदा हुंदै हामी हामी विच सरकारी र गैर सरकारी ?
विध्यार्थी राजनीती?
हेर्नुस साथि हो यो सवै यिनै प्रपंच रचाएर आफु सधै राजनिती गर्ने मानीसहरुको जमात छ यहां।
पहिला मेडिकल कलेजलाइ डुवाएर छोडे र हाल संपुर्ण चिकित्सा क्षेत्र लाइ नै डुवाउने प्रपंच रचिदै छ। हेर्दै जानुस दुइ चार वर्षमा Realise गर्नु हुनेछ र सो समयमा यो सवै कुरा Irreversible Damage भै सकेको हुनेछ।
अहिले पनि हेरौं न एक दुइ वर्ष तपाइ हाम्रा माग लाइ के के नै गर्छु भनेर तपाइ हामीले Support गरेका मानीस हरु कुन दुलामा पसेका छन् तपाइ हामीलाइ भर्यान्ग वनाए आफु उपल्लो तलामा गए तपाइ हामी यहि वसेका छौ स साना कुरामा रुमलिराखेका छौं।
अहिले पनि कसैलाइ Fast Track मा नेता हुन मन लाग्यो भने कि त माइतिघर मन्डलामा कि त चौविसकोटीमा जुलुसको आव्व्हान हुन्छ र हामी वुझ्दै नवुझिकन जान्छौ र उनिहरूको संधै भर्यान्ग वनिराख्छौं। हुन त नामै लिउ भने फेरि भोलि देखि यहि भित्तामा मेडिकल कलेजलाइ Deaffiliate गर्नुपर्छ भनेर वहां महानुभाव नै जुलुस लगाउनु हुनेछ र हामी सवैले वहांकै Support मा पछाडी लाग्नेछौं।
त्यसैले संपुर्ण साथिहरूलाइ मेरो विनम्र अनुरोध छ कि यो डाक्टर डाक्टर विचमा गुटवन्दि नगरौं, मेडिकल कलेज त विगार्यौ अव चिकित्सा क्षेत्र नै विगार्ने काम कृपया नगरौं, मेरो सादर अनुरोध 🙏।

–प्रा. डा हरिशचन्द्र न्यौपाने (अध्यक्ष एबं प्रबन्ध निर्देशक चितवन मेडीकल कलेज)