
चितवनः कोरोना महामारीको समयमा सुस्ताएको सामाजीक कार्यले विस्तारै गति लिन थालेको छ । यसै बीच लियो क्लब अफ भरतपुर युथ र लायन्स क्लब अफ भरतपुर युगले बिहिबार नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम गरेका छन् । कार्यक्रममा ३१ जना पुरुष र ४ जना महिला गरी ३५ जनाले रक्तदान गरेका छन् ।
महामारीले जोखिमका बीच सबैको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक लियो नविन पौडेलले बताए। रक्तदानका लागि योग्य उमेर समुहलाई प्रेरित गर्न क्लबले संधै रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेको लियो कलब अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले बताए । कार्यक्रममा लायन मल्टिपल डिस्ट्रिक ३२५बि टु का निर्देशक लायन दिनानाथ न्यौपाने, बिशिष्ट अतिथि लियो डिस्ट्रिक काउन्सिल ३२५ बि टु का भिडिपि लियो अनिश लामिछाने तथा नेपाल रेडक्रस सोसाइटी चितवनका महामन्त्री हरि पौडेल रहेका थिए ।
कार्यक्रममा बोल्नेहरुले चितवनका अस्पतालहरूमा रगतको माग पुरा गर्न रक्तदान कार्यक्रमलाई जुनसुकै परिस्थितिमा पनि निरन्तरता दिन आवश्यक रहेको वताए। लकडाउन खुलेसंगै क्लबले बृक्ष रोपण लगायत अन्य नियमित तालिकामा कार्यक्रमलाई निरन्तरता दिन सुरू गरेको लियो अन्जना जोशीले बताईन्।